एकाबिहानै अपरिचितहरुले घर घेरा हालेपछि..


झापा । शनिबार इलाका प्रहरी कार्यालय कुमरखोद दिनभर तनावपूर्ण बन्यो । इप्रका दमकबाट सादा पोसाकमा खटिएका प्रहरीले बिहान ४ बजे नै झापा गाउँपालिका –३ बस्ने अशोक राईको घरमा घेरा हालेपछि स्थिति तनावग्रस्त बनेको हो।


राई बाउन्स चेक दिने बैकिङ कसुरका फरार व्यक्ति हुन् । उनलाई पक्राउ गर्न पाँचजना व्यक्तिले घर घेरा हालेका थिए। तर, त्यसमध्ये ३ जना प्रहरी र दुईजना अन्य थिए । उनीहरूमध्ये एकजना कार चालक र अर्कोजना रकम पाउने व्यक्ति भएको स्थानीयले बताए । बिहानै नौला मान्छेले घर घेरा हालेपछि राई परिवारमा खैलाबैला मच्चियो ।


होहल्ला भएपछि स्थानीयवासी राईको घरमा पुगेका थिए । प्रहरीले गुण्डागर्दी शैलीमा राईको परिवारलाई दुर्व्यवहार गरेको भन्दै स्थानीय आक्रोसित भएका थिए । रिसाएका स्थानीय उनीहरूमाथि जाइलागेका थिए। त्यसक्रममा प्रहरी र स्थानीय बीच झडप भएको थियो । झडपका क्रममा रकम पाउने दुर्गा पौडेलका छोरा विशाल पौडेल घाइते भएका छन् । घाइते विशाल पौडेल र चालक बल्लतल्ल कार लिएर भागेका थिए ।


तीनैजना सादा पोसाकका प्रहरीलाई स्थानीयले आफ्नो नियन्त्रणमा लिएका थिए । नियन्त्रणमा रहेका सई केशव मगर , कृष्ण कार्की र गजेन्द्र रायमाझीलाई पछि कुमरखोद इलाका प्रहरी कार्यालयको टोलीले उद्धार गरेको थियो ।
उनीहरूलाई ईलाका प्रहरी कार्यालयमा ल्याएपछि वातावरण झन् तनावपूर्ण बनेको थियो । थप सुरक्षाका लागि सशस्त्र प्रहरी र जिल्लाबाट प्रहरी टोली झिकाइएको थियो ।


बैंकिङ्ग कसूरको मुद्दामा राईलाई अदालतबाट पक्राउ गर्न आदेश भए पनि पक्रिने शैली गलत भएको भन्दै स्थानीयले आक्रोश पोखेका थिए । प्रहरीले राईलाई पक्राउ नगरी आफै अदालतमा उपस्थित हुनु भनेको बुझिएको छ । पक्राउ पुर्जी भए पनि गलत शैलीका कारण राईलाई पक्रनबाट प्रहरी पछि हट्नु परेको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..