विराटनगर । प्रहरीले झापाबाट बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
उच्च अदालत विराटनगरको इलाम इजलासको २०७८ चैत १६ गतेको फैसला अनुसार कैद तथा जरिवानाको सजाय सुनाइएका झापाको बिर्तामोड नगरपालिका–६ का ४७ वर्षीय टेकनाथ ढुङ्गानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अदालतको फैसलापछि उनी फरार थिए ।
प्रहरीका अनुसार ढुङ्गानालाई अदालतले एक महिना कैद र २८ लाख २२ हजार जरिवानाको फैसला गरेको थियो । प्रहरीले पक्राउ गरेर बुझाएपछि अदालतले शुक्रबार कैद सजाय भुक्तानका लागि कारागार चलान गरेको छ ।


