विश्वराजको रिट खारेज, सर्वोच्चले गर्‍यो आईजीपी धीरजप्रताप सिंहको नियुक्ति सदर

काठमाडौं । नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) नियुुक्तिविरुद्ध परेको रिट सर्वाेच्च अदालतले खारेज गरिदिएको छ । आईजीपी नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलले सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए ।

धिरज प्रताप सिंहलाई आईजीपी बनाउने सरकारको निर्णयलाई सर्वाेच्चले सदर गरेको छ । सरकारले १८ वैशाखमा तत्कालीन आईजीपी शैलेस थापा क्षेत्रीले अनिवार्य अवकास पाएपछि आइजीपीमा सिंहलाई नियुक्त गरेको थियो । १९ वैशाखमै आफूलाई आईजीपी बनाउनुपर्ने भन्दै पोखरेलले रिट दायर गरेका थिए ।

पोखरेलको रिट सुरुमा न्यायाधीश शुस्मालता माथेमाको इजलासमा परेको थियो । २२ वैशाखमा माथेमाले पोखरेलले २० साउनमा अनिवार्य अवकासमा जाने भएपछि पेसी नसर्ने गरी २० साउनअगावै मुद्दाको किनारा लगाउन निर्देशनात्मक आदेश दिएको थियो ।

त्यसपछि कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको संयुक्त इजलासमा आईजीपीको मुद्दाको पेसी तोकिएको थियो ।

शुक्रबार उक्त मुद्दाको फैसला सुनाउँदै सर्वोच्चले पोखरेलको रिट खारेज गरिदिएको हो । त्यस्तै सर्वोच्चले आजै सिंहविरुद्ध परेको ४ वटै रिट निवेदन पनि खारेज गरिदिएको छ ।

पाेखरेलले दायर गरेकाे रिट खारेजसँगै  धिरजप्रताप सिंंहलाई आईजीपी नियुक्त गर्ने सरकारी  निर्णय सर्वाेच्चले सदर गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरी तालिम केन्द्रहरूले व्यावसायिक जनशक्ति उत्पादनमा जोड दिनुपर्ने : प्रहरी महानिरीक्षक सिंह

प्रहरी तालिम केन्द्रहरूले व्यावसायिक जनशक्ति उत्पादनमा जोड दिनुपर्ने : प्रहरी महानिरीक्षक सिंह

धनुषा । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरीको तालिम प्रदायक संस्थाहरूले कुशल एवं व्यावसायिक प्रहरी जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ ।  मधेश प्रदेश..