प्रचण्ड ३ दिने भ्रमणमा भारत जाँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन् । सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा प्रचण्ड ३ दिने भ्रमणका लागि भारत जान लागेका हुन् ।

प्रचण्डको सचिवालयकाअनुसार उनलाई दिल्लीस्थित भाजपा मुख्यालयमा स्वागत गरिने छ । भाजपा अध्यक्ष नड्डासँग भाजपा मुख्यालयमै भेटवार्ता हुने छ । भेटमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवालेसहित शीर्षस्थ नेताको उपस्थिति हुने बताइएको छ ।

भ्रमणका क्रममा प्रचण्ड र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, भारतका विदेशमन्त्री एस जयशंकर र विदेश सचिव विनय मोहन क्वात्रासँग पनि प्रचण्डको भेट तय गरिएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट हुने/नहुने निश्चित छैन । प्रचण्डले दिल्ली बसाईका क्रममा एक सेमिनारमा प्रमुख वक्ताको रूपमासमेत सहभागी हुने बताइएको छ ।

स्वकीय सचिव रमेश मल्लकाअनुसार अध्यक्ष प्रचण्ड साउन १ गते स्वदेश फर्कनेछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..