किप्टो कारोबारमा विवादास्पद ब्यापारी श्रेष्ठ पक्राउ

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा बित्तीय कारोबार गर्न जारी गरेको नियम बिनियम, निर्देशन, आदेशबिपरीत क्रिप्टो करेन्सी (बिट क्वाइन) कारोबार गर्नेहरुलाई प्रहरीले पक्राउ गर्ने क्रमलाई तीव्रता दिएको छ ।

यसैक्रममा किप्टो कारोबार गरेको आशंकामा विशाल सिमेन्टका पूर्व संचालक अमित श्रेष्ठ पक्राउ परेका छन् । किप्टोमा संलग्नताको आशंकामा प्रहरीले बुधबार श्रेष्ठलाई पक्राउ गरेको जनाएको छ । अमित श्रेष्ठले क्यानडा र उनका भाइ सुवास श्रेष्ठले अष्ट्रेलियामा किप्टो कारोबार गरेको आशंकामा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो ।


श्रेष्ठ क्यानडामा बस्दैआएका छन् । उनी केही समयअघि नेपाल आएका हुन् । किप्टो कारोबार गरेको आरोपमा पक्राउ परेका श्रेष्ठको पानीपोखरीस्थित निवासमा छापा मारी छानबिन गरिरहेको छ । श्रेष्ठ पक्राउको बारेमा अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी जनक भट्टराईले अमित श्रेष्ठलाई पक्राउ गर्न टोली गएको र किप्टोको आशंकामा ल्यापटपहरु हेरिरहेको बताए ।

यसअघि २०७५ मा सार्वजनिक भएको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा बाजेको सेकुवाका चेतन भण्डारीसँग अमित श्रेष्ठको पनि कनेक्सन रहेको समाचार सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..