सशस्त्र प्रहरीले अवैध सामान बरामद

बरहथवा । सशस्त्र प्रहरीले भारतबाट अवैधरुपमा ल्याइएको लाखौं मूल्य बराबरको विद्युतीय सामग्रीसहित केही थान साडी बरामद गरेको छ ।


बरामद गरिएको सामान जिल्ला भन्सार कार्यालयमा बुझाइएको छ । भारतीय सीमा नाका मधुवनीबाट बरहथवातर्फ आउँदै गरेको ना ६ ख ४५४७ नम्बरको यात्रुबाहक बस सोमबार अबेर राति जाँच्ने क्रममा बिलबिजक नभएको विद्यतीय लाइट ५४ थान, एलइडी टेलिभिजन ३० थान तथा साडी ३६ थान बरामद गरिएको हो ।

सुरक्षा बेस सुन्दरपुरबाट खटिएको प्रहरी टोलीले भन्सार छलेर ल्याइएका सामान बरामद गरेको सशस्त्र प्रहरी १० नम्बर गणले जनाएको छ । गणपति भरत खनियाँले ८ लाख १३ हजार मूल्य बराबरको बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..