इटहरी । १ नं प्रदेशको ब्यापारीक केन्द्रको रुपमा बिकास भइरहेको इटहरीको निगरानी अव सिसिटिभी क्यामराले गर्ने भएको छ । इटहरी मुख्य चौक आसपास लगायत विभिन्न स्थानहरुमा क्यामरा जडान कार्य सम्पन्न भई सुचारु समेत भइसकेकाले अब इटहरीको निगरानी सिसि क्यामराले गर्ने भएको हो ।
१ नं प्रदेश सरकारको लगानी , इटहरी उपमहानगरपालीका र इटहरी उद्योग बाणिज्य संघ सगँको समन्वयमा इटहरीको मुख्य चौकका विभिन्न स्थानहरुमा क्यामरा जडान भएको इटहरी ६ का वडा अध्यक्ष दिवश पोख्रेलले बताए ।
सिसिटिभी क्यामरा जडान सम्पन्न भइसकेर गएको ३ दिन देखि सुचारु भइसकेको वडाअध्यक्ष पोख्रेलले बताए । इटहरी चौक आसपासका क्षेत्रमा २३ वटा भन्दा बढि क्यामरा जडान भइसकेको र केही जडान प्रकृयामा रहेको समेत पोख्रेलले बताए ।
बजार क्षेत्र र मुख्य चौकमा जडान भएका १३ वटा क्यामराहरुको निगरानी प्रदेश सरकारको मातहतमा रहेको १ नं प्रदेश ट्राफिक प्रहरी कार्यलय इटहरी र १० वटा वटा क्यामराको निगरानी इलाका प्रहरी कार्यलय इटहरीले गर्ने वडा अध्यक्ष पोख्रेलले बताए ।
सिसी टिभी फुटेज तथा १ नं प्रदेश ट्राफिक प्रहरी कार्यलयको निरीक्षण गर्दै प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले अहोरात्र सडकमा खटिने ट्राफिक प्रहरीको छुट्टै पहिचान हुने हुँदा अनैतिक र आचरण बिपरीत कार्य गर्नेलाई क्षम्य नहुने बताएका छन् ।


