अर्जुनधारा हत्या प्रकरणमा थप १ जना पक्राउ


झापा । झापाको अर्जुनधारा नगरपालिका–७ मा भारतिय नागरिक जापडिया नरेशकुमार बाबु भाइलाई हत्या गरेको आरोपमा प्रहरीले थप १ जनालाई पक्राउ गरेको छ । गुजरात घर भएका ४० वर्षीय जापडियाको हत्यामा संलग्न शैलेश सापकोटालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी रुगम कुँवरले बताए ।

मोरङको सुन्दरहरैचा नगरपालिका–४ घर भएका सापकोटाले भारतीयको हत्या गरेपछि १ लाख रुपैयाँ लिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । आरोपीलाई काकरभिट्टाबाट पक्राउ गरिएको डिएसपी कुँवरले बताए । नेपाल आएको मौकामा असार ९ मा अर्जुनधारा–७ मा भारतिय नागरिकको हत्या भएको थियो ।

जापडियाको शव असार १२ मा अर्जुनधारा नगरपालिका–४ मा बोरामा भेटिएको थियो । हत्या आरोपमा प्रहरीले यसअघि अर्जुनधारा–७ घर भएकी ३२ वर्षीया जानुकादेवी थापा, ४९ वर्षीय विजय भन्ने वृखबहादुर थापा, सुनसरीको वराहक्षेत्र नगरपालिका–१० बस्ने २५ वर्षीय सुरेश परियारलाई पक्राउ गरेको थियो । उनिहरु असार १८ मा पक्राउ परेका हुन् । शैलेस सापकोटाले हत्या गर्ने र शव व्यवस्थापन गर्ने भुमिका खेलको अनुसन्धानबाट थाहा भएको छ ।

५ लाख लिने शर्तमा उनि हत्यामा सहभागी भएको डिएसपी कुँवरले बताए । गुजरात घर भएका जापडिया र जानुका थापाको भारतमै चिनजान भएको थियो । २०७६ मा कामको सिलसिलामा भारत पुगेकी थिइन् । मृतक नक्कली भारतीय नक्कली नोट प्रकरणमा इटहरीमा तारेख धाइरहेका थिए ।

२०७६ सालमा मृतकले थापाको छोराछोरीका लागी खेलौना पठाएको र थापाले ती भारतिय नागरिकबाट घर निर्माणको लागी भनेर ५ लाख रुपैयाँ सापटी लिएकी थिइन् । पैसा र यौनका कारण हत्या भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राष्ट्र र नागरिकलाई शीरमा राखि असल आचरणका साथ काम गर्न डिआईजी चतुर्वेदीको निर्देशन

राष्ट्र र नागरिकलाई शीरमा राखि असल आचरणका साथ काम गर्न डिआईजी चतुर्वेदीको निर्देशन

लहान । मधेस प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डिआईजी) उमाप्रसाद चतुर्वेदीले राष्ट्र र नागरिकलाई सर्वोपरि राखी उच्च व्यावसायिक निष्ठाका साथ कर्तव्य निर्वाह गर्न..