नेताका सालिक निर्माणका लागि साँढे ७ करोड

जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा नेता तथा शहीदहरूको शालिक निर्माणका लागि करिब साढे सात करोड रुपैयाँ छुट्याएको छ ।

आर्थिक वर्ष २०७९/०८० को बजेटमा सप्तरीमा गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको शालिक निर्माणका लागि ५० लाख, महोत्तरीमा मैथिली भाषाका महाकवि विद्यापतिको प्रतिमा स्थापना तथा सौन्दर्यीकरणका लागि ५० लाख विनियोजन गरिएको छ ।

यसैगरी नेपाली कांग्रेसका नेता एवं प्रजातन्त्र सेनानी रामनारायण मिश्रको शालिक निर्माण गर्न ५० लाख, मधेशवादी नेता गजेन्द्रनारायण सिंहको शालिक निर्माण गर्न पाँच करोड र गणेश नेपालीको शालिक निर्माण गर्न ५० लाख रुपैयाँ छुट्याइएको छ ।

यसैगरी जनकपुरधाम उपमहानगरपालिका–२५ मा गन्तन्त्रवादी नेता अरविन्द ठाकुरको शालिक निर्माणका लागि १० लाख, जनकपुरधाम–२३ मा अमर शहीद दुर्गानन्द झा लगायत शहीदहरूको स्मारक निर्माणका लागि ४० लाख रुपैया छुटियाएको छ । विपक्षी दलले भने विकासका लागि भन्दा अनुत्पादक ठाउँमा बजेट विनियोजन भएकोमा असन्तुष्टि जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..