सुनसरीबाट मानव बेचबिखन मुद्धाका फरार २ जना पक्राउ

सुनसरी । १ नं. प्रदेश प्रहरी कार्यालय RIT समुहबाट खटिएको प्रहरी टोलीले सुनसरीबाट मानव बेचबिखन तथा ओसार-पसार मुद्धाका फरार प्रतिबादीहरु २ जनालाई पक्राउ गरिएको छ ।


पक्राउ परेका २ जनालाई आज सम्मानित सुनसरी अदालतले कैद भुक्तानको लागी सुनसरी जिल्ला कारागार पठाइएको छ ।पक्राउ पर्नेमा मानव बेचबिखन तथा ओसार-पसार मुद्धामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७४।१०।२३ गतेको सजाय निर्धारण फैसला आदेशले ६ दिन कैद भई लगत नं. ८८२० मा कैद बेरुजु रहि असुल गर्न बाँकी रहेका सुनसरी धरान उपमहानगरपालिका वडा नं १४ बिजयपूर का ३७ बर्षीय दिल कुमार बल तामाङ र मानव बेचबिखन तथा ओसार-पसार मुद्धामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७४।१०।२३ गतेको सजाय निर्धारण फैसला आदेशले ६ दिन कैद भई लगत नं. ८८२० मा कैद बेरुजु रहि असुल गर्न बाँकी रहेका सुनसरी धरान उपमहानगरपालिका वडा नं ०२ का ३० बर्षीय यादव बस्नेत रहेका छन् ।

उनिहरुलाई खोजतालस गर्ने क्रममा गाऊघरमानै लुकीछिपि बसेको अबस्थामा पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..