सुनसरीबाट मानव बेचबिखन मुद्धाका फरार २ जना पक्राउ

सुनसरी । १ नं. प्रदेश प्रहरी कार्यालय RIT समुहबाट खटिएको प्रहरी टोलीले सुनसरीबाट मानव बेचबिखन तथा ओसार-पसार मुद्धाका फरार प्रतिबादीहरु २ जनालाई पक्राउ गरिएको छ ।


पक्राउ परेका २ जनालाई आज सम्मानित सुनसरी अदालतले कैद भुक्तानको लागी सुनसरी जिल्ला कारागार पठाइएको छ ।पक्राउ पर्नेमा मानव बेचबिखन तथा ओसार-पसार मुद्धामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७४।१०।२३ गतेको सजाय निर्धारण फैसला आदेशले ६ दिन कैद भई लगत नं. ८८२० मा कैद बेरुजु रहि असुल गर्न बाँकी रहेका सुनसरी धरान उपमहानगरपालिका वडा नं १४ बिजयपूर का ३७ बर्षीय दिल कुमार बल तामाङ र मानव बेचबिखन तथा ओसार-पसार मुद्धामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७४।१०।२३ गतेको सजाय निर्धारण फैसला आदेशले ६ दिन कैद भई लगत नं. ८८२० मा कैद बेरुजु रहि असुल गर्न बाँकी रहेका सुनसरी धरान उपमहानगरपालिका वडा नं ०२ का ३० बर्षीय यादव बस्नेत रहेका छन् ।

उनिहरुलाई खोजतालस गर्ने क्रममा गाऊघरमानै लुकीछिपि बसेको अबस्थामा पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..