खोटाङ रावाबेसीकी वडासदस्य मृत फेला


खोटाङ । खोटाङमा वडा सदस्य मृत फेला परेकी छन्। रावाबेसी गाउँपालिका–३ लामीडाँडाकी दलित महिला सदस्य मेनुका विश्वकर्मा मृत फेला परेकी हुन्।
३० वर्षीया विश्वकर्मा बिहीबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डीएसपी उमेश लम्सालले जानकारी दिए।


वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा मेनुका कांग्रेसको तर्फबाट वडा सदस्यमा निर्वाचित भएकी थिइन्। उनी कांग्रेसको वडा सभापति पनि हुन्।
मंगलबार माइतीतर्फका हजुरबाको मृत्यु भएपछि उनी माइती गएकी थिइन्।


उनी झुण्डिएको अवस्थामा फेला परेको लम्सालले बताए। शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ।
दोश्रो पटक वडासदस्यमा निर्वाचित मेनुका गाउँ कार्यपालिका सदस्यमा पनि विजयी भएकी थिइन्। उनका दुई छोरी छन्।उनका श्रीमान वैदेशिक रोजगारीका सिलसिलामा युएईमा छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..