विराटनगर । लेनदेन मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रदेश १ प्रहरी कार्यालय विराटनगरको टोलीले पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका–५ का ५० वर्षीय भरौसी चौधरीलाई पक्राउ गरिएको प्रदेश प्रहरीका प्रवक्ता एसपी नवीनराज राईले बताए । चौधरीलाई जिल्ला अदालत मोरङले २०७८ चैत ३ गते एक महिना कैद र पाँच हजार रूपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
खोजतलास गर्ने क्रममा गाउँघरमै लुकिछिपी बसेको अवस्थामा चौधरीलाई फेला पारिएको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ गरेर बुझाएपछि अदालतले उनलाई कैद सजाय भुक्तानका लागि कारागार चलान गरेको छ ।


