प्रहरीका ६ एसएसपीको सरुवा, लागूऔषध नियन्त्रण ब्युरोमा खनाल

काठमाडौं । गृृह मन्त्रालयले नेपाल प्रहरीका ६ जना एसएसपीको सरुवा गरेको छ ।

मन्त्रालयले जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा एसएसपी भरत बोहरालाई सरुवा गरेको छ ।

यस्तै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा एसएसपी जनक भट्टराईलाई सरुवा गरिएको जनाएको छ । यस्तै, मानव बेचबिखन नियन्त्रण अनुसन्धान ब्युरोमा अनुराग सुवेदी, अपराध अनुसन्धान विद्यालयमा विष्णु केसी र लागू औषध नियन्त्रण ब्युरोमा विकासराज खनाल सरुवा गरिएको छ ।

यस्तै, कुवेर कडायतलाई केन्द्रीय अनुसन्धान ब्युरोबाट विपद् व्यवस्थापन कार्यालय सामाखुसीमा सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..