प्रहरीका ६ एसएसपीको सरुवा, लागूऔषध नियन्त्रण ब्युरोमा खनाल

काठमाडौं । गृृह मन्त्रालयले नेपाल प्रहरीका ६ जना एसएसपीको सरुवा गरेको छ ।

मन्त्रालयले जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा एसएसपी भरत बोहरालाई सरुवा गरेको छ ।

यस्तै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा एसएसपी जनक भट्टराईलाई सरुवा गरिएको जनाएको छ । यस्तै, मानव बेचबिखन नियन्त्रण अनुसन्धान ब्युरोमा अनुराग सुवेदी, अपराध अनुसन्धान विद्यालयमा विष्णु केसी र लागू औषध नियन्त्रण ब्युरोमा विकासराज खनाल सरुवा गरिएको छ ।

यस्तै, कुवेर कडायतलाई केन्द्रीय अनुसन्धान ब्युरोबाट विपद् व्यवस्थापन कार्यालय सामाखुसीमा सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..