चिनियाँ राष्ट्रपति र हङकङका प्रमुख कार्यकारीबीच भेटवार्ता

एजेन्सी । राष्ट्रपति सी चिनफिङ र हङकङका कार्यकारी प्रमुख क्यारी लामबीच बिहीबार हङकङमा भेटवार्ता भएको छ । उक्त अवसरमा राष्ट्रपति सीले मुख्य कार्यकारीको रूपमा लामको पाँच वर्षे कार्यकालमा भए गरेका कामहरूलाई केन्द्रीय अधिकारीहरूले पूर्ण रूपमा स्वीकार गरेको बताए ।
उनले केन्द्रीय सरकारको सहयोगमा प्रमुख कार्यकारीको रूपमा एक देश दुई प्रणालीको नीति र आधारभूत कानूनको दृढताका साथ पालना गरेको र पाँच वर्षयता उनको कार्यप्रति केन्द्र सरकार सन्तुष्ट रहेको बताए ।

भेटमा क्यारी ल्यामले हङकङमा महामारी अझै देखिएको बेलामा हङकङको भ्रमण गरेकामा राष्ट्राध्यक्ष सी चिनफिङप्रति हार्दिक आभार ज्ञापन गरेका थिए । राष्ट्राध्यक्ष सीको हङकङ निरीक्षण भ्रमण मातृभूमिलाई बलियो र समृद्धि बनाउने र उहाँको हङकङ निरीक्षण भ्रमण पूर्णरूपमा सफल हुने विश्वास आफूले लिएको पनि उनले बताए ।

सी हङकङ चीनलाई हस्तान्तरण भएको २५ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन हङकङ पुगेका हुन् । “लामले राष्ट्रिय सार्वभौमिकता, सुरक्षा र विकास हितको रक्षा, हङकङको समृद्धि र स्थिरता कायम गर्न, ‘हङकङको प्रशासन गर्ने देशभक्तहरू’ को सिद्धान्तलाई कार्यान्वयन गर्न र हङकङमा सुव्यवस्था कायम गर्न कठिन प्रयास र महत्वपूर्ण योगदान गर्नुभएको छ,” सीले भने।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..