सरकारी नियुक्तिका लागि नक्कली प्रमाणपत्र पेश
तिमल्सिना पक्राउ


काठमाडौं । राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालकमा नियुक्तिका लागि पेश गरेको शैक्षिक प्रमाणपत्र कीर्ते गरेको खुलेपछि प्रहरीले ललितपुर कुसुन्तीका माधवप्रसाद तिमल्सिनालाई पक्राउ गरेको छ ।


भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास वोर्डको सञ्चालकमा नियुक्तिका लागि तिमल्सिनाले पाटन क्याम्पसबाट स्नातक उतीर्ण भएको शैक्षिक प्रमाणपत्र पेश गरेका थिए । तर उनले पेश गरेको प्रमाणपत्रहरु कीर्ते गरेको खुलेपछि पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोका प्रवक्ता एसपी श्यामकुमार महतोले जानकारी दिए ।

ललितपुरको थसिखेलबाट पक्राउ परेका तिमल्सिनामाथि लिखत सम्बन्धी कसूरमा अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंबाट अनुमति लिइएको सीआईबीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..