लागूऔषधसहित ४ जना पक्राउ


सर्लाही। सर्लाहीको छुट्टाछुट्टै ठाउँबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन् ।लालबन्दी नगरपालिका १ भित्री सडक खण्डको गोरु बजारबाट मोटरसाइकलमा सबार दुई जनालाई लागूऔषध गाँजासहित पक्राउ गरिएको छ ।


ना ३७ प ४८९५ नम्बरको मोटरसाइकलमा सबार स्थानीय २० बर्षीय जितेन्द्र कुमार महतो र पछाडि सबार २४ बर्षीय रबीन कुमार महतोलाई गाँजासहित पक्राउ गरिएको छ ।
दुबैको साथबाट १० किलो गाँजा बरामद भएको छ । उनीहरुले स्याउको खालीकार्टुनभित्र गाँजा राखेका थिए ।

कबिलासी नगरपालिका ८ अगर्वाबाट लागूऔषध नाइट्रोभेटसहित एक जना पक्राउ परेका छन् ।क्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर २ बस्ने १९ बर्षीय सुमित चौधरी रहेको सर्लाही प्रहरीका प्रबक्ता एवं डीएसपी विजय यादवले जानकारी दिए ।


उनका अनुसार चौधरीको साथबाट १ सय ५० थान नाईट्रोभेट ट्याबलेट बरामद भएको छ ।यस्तै, कबिलासी नगरपालिका ८ बाटै १२ सय थान नाइट्रोभेट ट्यालेटसहित अर्को एक युवा पक्राउ परेका छन् ।पक्राउ पर्नेमा पैदल यात्री सुनसरीको धरान नगरपालिका ७ बस्ने २० बर्षीय एलिक्स राई छन् ।्राउ परेका चारै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानको काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..