अमेरिकाको टेक्ससमा ट्रकभित्र भेटियो ४२ जनाको शव

एजेन्सी । अमेरिकाको टेक्सस राज्यको बाहिरी इलाकामा एउटा ट्रकमा कम्तीमा ४२ जनाको शव भेटिएको छ । ती सबै आप्रवासी भएको अनुमान गरिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार कम्तिमा १६ जनालाई गम्भीर अवस्थामा अस्पताल लगिएको छ ।

सामाजिक सञ्जालमा शेयर भइरहेका तस्विरहरूमा ठूलो ट्रकको वरिपरि धेरै आपतकालीन कामदारहरू देखिन्छन् । स्थानीय टिभी च्यानलका अनुसार ट्रक सान एन्टोनियोको दक्षिणपश्चिम तर्फ रेलवे ट्र्याक नजिकै देखा परेको थियो । न्युयोर्क टाइम्सका अनुसार सान एन्टोनियो प्रहरी विभागका अधिकारीहरूले घटनास्थलबाट भागेका गाडीका चालकलाई खोजिरहेका छन् ।

सान एन्टोनियो अमेरिका९मेक्सिको सीमाबाट करिब २५० किलोमिटर टाढा अवस्थित छ । टेक्सासका गभर्नर ग्रेग एबोटले यी मृत्युका लागि राष्ट्रपति जो बाइडेनलाई दोष दिएका छन् । उनले यसलाई घातक खुला सीमा नीतिको परिणाम भने ।

मेक्सिकोका विदेशमन्त्री मार्सेलो एब्रार्डले आफ्ना एक अधिकारी घटनास्थलतर्फ गएको बताएका छन् । यद्यपी पीडितको नागरिकताबारे भने केही जानकारी नभएको उनले बताए । यी व्यक्तिको मृत्यु के कारणले भएको हो भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..