सिंहको आईजीपी नियुक्तिविरुद्धको रिटको फैसला नआउँदै एआइजी पोखरेल घर जानसक्ने

काठमाडौं । महान्यायाधिवक्ता खम्बबहादुर खातीले आइजीपी बढुवामा जेष्ठता नै नियुक्तिको उपयुक्त आधार नठरिनसक्ने जिकिर गरेका छन् । धीरजप्रताप सिंहलाई आइजीपी नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध एआइजी विश्वराज पोखरेलले दायर गरेको रिटमाथि सुनुवाई गर्दै खातीले आइजीपी नियुक्तिको आधारहरु कार्यक्षमता, कार्यकुशलता पनि रहेको भन्दै जेष्ठता नै मुख्य आधार नठहनिनसक्ने जिकिर गरेका हुन् ।

आइजीपीमा सिंहलाई नियमसंगत नै बढुवा गरिएको उनको जिकिर थियो । प्रहरी नियमावली अनुसार सबै एआइजीहरु आइजीपी बन्न योग्य भएपनि प्रहरी नियमावलीलाई टेकेर सिंहलाई नियुक्त गरिएको उनको तर्क थियो । सरकारले नियमावली अनुसार नै आइजीपी नियुक्त गरेकोले रिट बदर गर्न माग गरे ।

सरकारले नेपाल प्रहरीको आइजीपीमा धीरजप्रताप सिंहलाई बढुवा गरेपनि एआइजी विश्वराज पोखरेलले त्यसविरुद्ध रिट दायर गरेका थिए । त्यसमाथि सुनुवाई भएपनि फैसला हुन सकेको छैन । साउनमा पनि फैसला हुन नसके पोखरेलले एआइजीबाटै अवकाश पाउनेछन् ।

प्रहरी सेवामा एकसाथ प्रवेश गरेका धीरजप्रताप सिंह र विश्वराज पोखरेलमध्ये सिंह इन्स्पेक्टर हुँदा आफ्नो ब्याचीमा वरियतामा पहिलो थिए । डिएसपीमा पनि पहिलो नै थिए । एसपी हुँदा पनि उनी पोखरेलभन्दा वरियतामा माथि थिए ।

पोखरेल २०७७ मंसिर २४ गते एआईजीमा बढुवा भएका थिए। त्यतिबेला पनि वरीयता मिचेर र हुँदै नभएको दरबन्दी थप गरेर पोखरेललाई एआईजी बनाइएको थियो। डीआईजीमा बढुवा हुँदा पनि उनले बरियता मिचेका थिए। एसपीबाट एसएसपीमा बढुवा हुँदाबाट उनले बरियता मिच्न थालेका हुन्। 

२०७४ साउन १९ गते एसएसपीमा बढुवा हुँदा पोखरेलले आफ्नो ब्याचका चारजना र अघिल्लो ब्याचका ७ जनालाई उछिनेका थिए। पोखरेलप्रति प्रहरीभित्र असन्तुष्टि त्यहीँबाट सुरु भएको थियो। 

पोखरेलले त्यतिबेला आईजीपी शैलेश थापा क्षेत्रीको ब्याचलाई पनि त्यतिबेला उछिनेका थिए। एसएसपीबाट अगाडि लागेका पोखरेल डीआईजीमा पनि एकल बढुवा भए।

एसएसपीमा उनले आफ्नो ब्याचका सबै र अघिल्लो ब्याचका प्रकाशजंग कार्की, वशन्तकुमार पन्त, सञ्जयराज शर्मा, ईश्वरबाबु कार्की, दीलिपकुमार चौधरी, राजेशलाल कर्ण र देवबहादुर बोहरालाई पछि पारेका थिए। 

डीआईजीमा एकल बढुवा हुँदा घनश्याम अर्याल, गणेशबहादुर ऐर र पुरुषोत्तम कँडेललाई पनि पछि पारे। २२ महिना पहिले नै अघिल्लो ब्याचलाई छाडेर डीआईजीबाट सिधै आईजीपी बन्न जोड गरेका थिए। तर त्यतिबेला एआईजीमै पछि परेपछि उनी आफ्नो ब्याचबाट आईजीपी हुनेमा ढुक्क थिए।

पोखरेलका लागि केपी ओली नेतृत्वको सरकारले महानगरीय प्रहरी कार्यालयमा एआईजीको दरबन्दी नै थपिदिएको थियो। त्यसअघिसम्म महानगरीय प्रहरी कार्यालयमा डीआईजीको दरबन्दी थियो। 

तर, ओली सरकार बहिर्गमनको डिलमा पुगेपछि पोखरेललाई निर्विकल्प आईजीपीको बाटोमा धक्का लाग्यो। ओली सरकार ढल्ने बेलामा सहकुल थापालाई २०७८ असार २१ गते एआईजीमा बढुवा गरेको थियो। 

थापा पनि पोखरेल जस्तै नयाँ दरबन्दी थपेर एआईजीमा बढुवा भएका थिए। उनका लागि कार्य र अपराध अनुसन्धान विभागलाई विभाजन गरिएको थियो। एसएसपी हुँदासम्म ब्याचीभन्दा पनि पछि रहेका थापा पनि डीआईजीबाट आफ्नो ब्याचको दोश्रो नम्बर अथवा पोखरेलपछिको वरियतामा आइपुगेका थिए। 

भर्ती हुँदादेखि नै पहिलो नम्बरमा रहेका धिरज भने सत्ता अनुकुल नहुँदा पछाडी पारिँदै गए। तर उनले आफू पछाडी पर्दा र छुट्दा पनि मुद्दा मामिलामा गएनन्।

डिआइजी बढुवामा पोखरेलले आफूभन्दा अघिल्लो ब्याचीलाई समेत उछिनेर एक्लै बढुवा पाउन सके । एआइजी हुँदा पनि दरबन्दी थपेरै बढुवा पाएर आइजीपी बन्ने मार्ग प्रशस्त गरेका थिए । तर, सरकारले धीरजप्रताप सिंहलाई बढुवा गरेर पोखरेलको छलाङलाई रोकिदियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..