साउनको पहिलो साता चुनाव घोषणा हुने

काठमाडौं । सरकारले मन्त्रिपरिषदबाट निर्णय गरी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति साउनको पहिलो साता घोषणा गर्ने भएको छ । कात्तिको अन्तिम या मंसिरको पहिलो साता चुनाव गर्ने गरी मिति सिफारिश हुने विश्वस्त स्रोतले रिपोटर्स नेपाललाई जानकारी दिएको छ ।

चुनाव एकै चरणमा गर्ने या दुई चरणमा गर्ने भन्नेबारे भने छलफल चलिरहेको बुझिएको छ । स्थानीय चुनाव एकै चरणमा गरिएको अभ्यासलाई लिएर प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव पनि एकै चरणमा गर्नेबारे बालुवाटारले सुझावहरु लिइहरेको छ ।

चुनाव अघि नै मन्त्रिपरिषद्मा केही हेरफेर गर्ने तयारी समेत भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा धरातलीय यथार्थको रिपोर्टहरु बुझेर चुनावको मिति र चरण तय गर्नेबारे परामर्श गर्न थालिसकेका छन् ।

संविधान अनुसार मंसिरभित्र चुनाव गरिसक्नुपर्नेछ । विशेष परिस्थितिमा भने केही महिना पछि धकेल्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..