रवि लामिछानेको पार्टीका २० केन्द्रीय सदस्य


काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेको नेपाल स्वतन्त्र पार्टी दर्ताको प्रक्रियामा छ । लामिछानेले आफ्नो अध्यक्षमा २० सदस्यीय केन्द्रीय समिति बनाएका छन् ।


तर, हालसम्म केन्द्रीय समितिलाई गोप्य नै राखिएको छ । पार्टीबाट प्राप्त सो समितिको सूचीअनुसार यसमा कोही पनि चर्चित व्यक्ति छैनन् । विभिन्न क्षेत्रका सक्रिय व्यक्तिहरुलाई उनले आफ्नो पार्टीमा राखेका छन् ।


२० सदस्यीय केन्द्रीय समितिमा धादिङका डोलप्रसाद अर्याल, मोरङका डा.मुकुल ढकाल, डडेल्धुराका दीपक बोहरा, गोरखाका कविन्द्र बुर्लाकोटी, काठमाडौंका गणेश पराजुली, नुवाकोटका रामकृष्ण भट्टराई, धादिङका उपेन्द्र पाण्डे, चितवनका महेश्वर घिमिरे, दाङका विपिनकुमार आचार्य, धादिङकी बसुमाया तामाङ छन् ।

त्यस्तै, गोरखाकी एलिजा गुरुङ, काठमाडौंकी कुसुम महर्जन, दोलाखाकी सोविता गौतम, सुनसरीकी गीता रेग्मी, लमजुङका डा प्रभात अधिकारी, मोरङकी रबिना घिमिरे, नवलपरासीका इश्रामुल्ला मिया, सिरहाका डा राकेश यादब, धादिङका विष्णुकुमार श्रेष्ठ र भक्तपुरकी प्रमिला कुलुजु छन् ।


२० केन्द्रीय सदस्यमध्ये विपिनकुमार आचार्य ग्यालेक्सी टिभीकै सञ्चालक हुने भने दीपक बोहरा रवि लामिछानेकै पत्रकार साथी हुन् । सबै जसो राजनीतिमा नयाँ अनुहार छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकका ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामा पुस ३ गते पक्राउ परे । जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१..