आइएमई लाइफ इन्स्योरेन्सको बालकिरण जीवन बीमा
, चौथो वर्षदेखि नै प्रत्येक वर्ष बीमा रकम फिर्ता

काठमाडौं। चौथो वर्षदेखि नै प्रत्येक वर्ष बीमा रकम फिर्ता दिने गरी आइएमई लाइफ इन्स्योरेन्सको बालकिरण जीवन बीमा ल्याएको छ। पछिल्लो समयमा उल्लेख्य संख्यामा बिक्री हुने बीमालेख यही भएको कम्पनीले जनाएको छ।


बच्चा जन्मिएलगत्तै लिन सकिने यो बीमा योजनामा बालबालिका तथा अभिभावक दुवैको पूर्ण अवधिकालाई अधिकतम जोखिम रक्षावरणसहित चौथो वर्षदेखि नै प्रत्येक वर्ष बीमा रकम फिर्ता हुँदै जाने बताइएको छ। प्रत्येक वर्ष फिर्ता हुने रकमले अभिभावकहरुलाई बच्चाको विद्यालय भर्ना तथा अध्ययन खर्चमा सहयोगी हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बताए। ‍

खासगरी अभिभावक तथा नवअभिभावकहरुको लागि अत्यन्त उपयुक्त तथा सहज यस बीमा योजनामा आफ्नो आवश्यकता अनुसारको बीमा अवधि छान्न, दुर्घटना तथा बिरामीको थप जोखिम वहन हुने तथा एउटै बीमामा दोहोरो जीवनको बीमा हुने उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..