राजेश पायल राईको आवाजमा ‘खुशीका मुहान’ सार्वजनिक

काठमाडौं । लोकप्रिय गायक राजेश पायल राईको सुमधुर स्वरमा सजिएको ‘खुशीका मुहान’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । राज मुकारुङको शब्द रहेको गीतमा संगीत भने अम्बर तुम्बापो सुब्बाको रहेको छ।


गीतलाई सहास शाक्यले संगीत संयोजन गरेका हुन् । जातका कारण वैवाहिक जीवनमा बाँधिन नसकेका प्रेम जोडीहरुको कथामा तयार पारिएको म्युजिक भिडियोमा नग्मा श्रेष्ठ र सागर थापा धुर्ब फिचर्ड छन् ।


बिशाल थापाले छायाँकन गरेको यस भिडियोलाई गायक ज्वाला राईले सम्पादन गरेका हुन् । उजन नेवा शाही प्रडक्शन म्यानेजर रहेको यस भिडियोलाई गायक सुरज तामाङको निर्देशनमा तयार पारिएको हो ।

भिडियो संगीतकार तुम्बापोको युट्युव च्यानल ‘अम्बर तुम्बापो सुब्बा अफ़िसिएल’मार्फत् सार्वजनिक भएको हो । निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकका ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामा पुस ३ गते पक्राउ परे । जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१..