लहानमा गोली प्रहार गरी हत्या प्रयास,हतियार सहित दुई जना पक्राउ

सिरहा । सिरहाको लहान नगरपालिका–२२ मा गोली प्रहार गरी हत्या प्रयास भएको छ। लहान बेली जटियाही बस्ने १८ वर्षीय दिलिप कुमार मुखियालाई गोली हानी गम्भीर घाइते बनाइएको छ। हत्या प्रयासको अभियोगमा सोही नगरपालिका–२२ बेली जटियाही बस्ने १९ वर्षीय सुशान्त चौधरी र १५ वर्षीय किशोरलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ।


उनीहरू तीन जनासँगै बसिरहेको अवस्थामा सुशान्तले दिलीपलाई गोली हानी घाइते बनाएको प्रहरीले जनाएको छ। घाइते दिलीपलाई प्रादेशिक अस्पताल लहान हुँदै थप उपचारको लागि धरान घोपा रेफर गरिएको छ। उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले सुशान्त चौधरीको साथबाट १ थान पेस्तोल, ५ राउण्ड गोली, १ थान म्याग्जिन र १ थान फायर भएको खोका बरामद गरेको छ।


साथै उनको घर नजिकैको बाँसघारीबाट १ थान कटुवा पेस्तोल, कटुवा पेस्तोलमा लाग्ने ५ राउण्ड गोली र पेस्तोलमा लाग्ने ४ राउण्ड गोली फेला पारी बरामद गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकका ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामा पुस ३ गते पक्राउ परे । जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१..