अपहरण गरी बन्धक बनाएको आरोपमा ३ जना पक्राउ

मकवानपुर । मकवानपुरमा एक व्यक्तिलाई अपहरण गरी बन्धक बनाएको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत सोमबार एक पुरुषलाई अपहरण गरी हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० स्थित होटल एण्ड लजमा बन्धन बनाएको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित ट्राभल होटल एण्ड लजको रुम नम्वर १०७ मा एक पुरुषलाई बन्धक बनाई राखेको अवस्थामा वीरगन्जका अमनकुमार श्रीवास्तवको उद्दार गरी अन्य तीन जनालाई पक्राउ गरेको हो ।


पक्राउ पर्नेहरुमा हेटौंडा–१५ बस्ने २९ वर्षीय सुरेश लामा, हेटौंडा–१२ बस्ने २१ वर्षीय समिर बल र २८ वर्षीय अशोक लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार उनीहरुलाई पर्साको वीरगंज महानगरपालिका वडा नम्वर–१९ बस्ने २७ वर्षीय श्रीवास्तवलाई आरोपीहरुले हेटौंडाबाट समातेर बन्धक बनाएका थिए । उनीहरुले श्रीवास्तवलाई बन्दक बनाएपछि उनको घरमा फोन सम्पर्क गर्न लगाई पैसा माग गरेको प्रहरीको भनाई छ ।

प्रहरीकाअनुसार उनीहरुले श्रीवास्तवलाई गत जेठ २९ गतेदेखि अपहरण गरी उक्त होटलमा बन्धक बनाई राखेका थिए । काम विशेषले हेटौंडा आएको बेलामा आरोपीहरुले श्रीवास्तवलाई फेला पारी बन्धक बनाएको प्रहरीको भनाई छ ।ल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सुरेन्द्रबहादुर गुरुङले विगतदेखि कै रिसईवी र लेनदेनका कारण उनीहरुले श्रीवास्तवलाई बन्धक बनाएको बताए ।

केही समय अघि श्रीवास्तवका साथीले आरोपीहरुबाट एकलाख रुपैयाँ सापटी लिएको र उक्त पैसा नदिएपछि श्रीवास्तवलाई बन्धक बनाएको प्रारम्भिक अनुसन्धनमा खुल्न आएको प्रहरी उपरीक्षक गुरुङले बताए । पक्राउ परेका उनीहरुलाई मकवानपुर जिल्ला अदालतबाट दिन ५ दिनको म्याद लिई थप अनुसन्धान काय भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

काठमाडौं । इन्टरपोलद्वारा आयोजित INTERPOL 100 Global Video Contest for Young Police Leaders प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको छ । मंसिर १२ देखि अष्ट्रियाको भियनामा आयोजना..