बिरगंज । सीमा सुरक्षा, तस्करी र अवैध क्रियाकलाप नियन्त्रण गर्न खटिएका सशस्त्र प्रहरी बलका बिओपी देखी बाहिनी सम्मका उच्च अधिकारीहरुकै मिलोमतोमा छपकैया नाकाबाट करोडौंको तस्करी भइरहेको छ।

बिगतमा बोडर आउट पोस्ट बिओपी, गण र बाहिनीबाट सूचना संकलनको नाममा खटाएको सदा पोसाक का घुमुवाहरुले संगठनको नियम बिपरित अबैध कारोबार सन्लग्न देखीएपछि सशस्त्र प्रहरी बल मुख्यालयले कुनै किसिमको सदा पोसाकका घुमुवा परिचालन नगर्न गराउन एक बिज्ञपती नै निकालेर हटाएको थियो।
घुमुवा खारेज भएपछि अहिले हाकिमहरुले नयाँ तरिका अपनाई तस्करी खुला गरेर तस्करीबाट उठेको रकम बिओपी इन्चार्ज मार्फत मधेस प्रदेश बाहिनीका डिआईजी गणेश ठाडा मगरले बुझीरहेको स्रोतले जनाएको छ ।
तस्करहरुले भारतको रक्सौलबाट लत्ताकपडा , हार्डवेयर, इलेक्ट्रोनिक पाट्र्स, मोटर पाट्र्स,खाद्यान्न,किराना आईटम, कस्मेटिक तथा खेलकूद लगायतका सामग्रीहरु, भारतीय ब्रान्डका सूर्तीजन्य पदार्थ , रजनीगन्धा, स्पेयर पार्टस् र माछा लगायतका समानहरु पिकअप भ्यान, इ-रिक्सा , टेम्पु ,मोटरसाइकल, साइकल एवं पैदल भरियाको माध्यमबाट राजस्व छलेर लाखौ करोडौं मूल्यका बस्तुहरु दैनिक नेपाल भित्रयाईरहेका छन ।
सिमानाकामा रहेको शिक्षा आफिस बिओपीका इन्चार्ज अगम राइले राजस्व छली गराइ बिओपी र मधेस प्रदेश बाहिनीका डिआईजी गणेश ठाडा मगरको नाममा समेत लाखौं लाख रकम अशुल्ने गरेको स्रोतले जनाएको छ।
छपकैया नाकाबाट कपडा तस्करी गर्न लाइन पाउनेहरुमा हरेन्द्र पटेल र बबन छन। यस्तै छपकैया नाकाबाट पशुपति यादवले काजु किसमिस जस्ता समानको तस्करी गर्न पाएका छन भने बैजु साह, मञ्जु पटेलले हार्डवेयर, इलेक्ट्रोनिक पाट्र्स, मोटर पाट्र्स, स्पेयर पार्टसको तस्करी गरिरहेका छन ।
छपकैया सिरिसिया छोटी भन्सार नाकामा भारतिय एसएसबिले छपकैया आउने मेन बाटोमा शिसीक्यामरा जडान गरे पनि पन्टोका को पूर्व साइडको गोरेटो बाटो प्रयोग गर्दै भरिया लगाएर कपडाको पोका नदी पार गराइ छपकैया नयाँ बस्ती किनारमै इ -रिक्सा , टेम्पु र मोटरसाइकलमा लोड गरि बिरगंजको पसलहरुमा र ट्रान्सपोरटमा पुगाउदै आएका छन ।
सिरिसिया शिक्षा अफिस बिओपीबाट छपकैया नाकामा रहेको पोस्टमा खटिने सशस्त्र प्रहरीको छेउ बाट नै हरेन्द्र पटेल र बबन लगायतका समुहले भरिया लगाएर कपडा पार गराउछन तर सशस्त्र प्रहरी त्यहा सिमानाका निगरानी , चोरी तस्करी र सिमानाकामा हुने अपराध रोक्नुको साटो झन तस्करी गराउने र कति पोका माल आयो काउन्ट गर्ने र स्कटिङ गर्ने काम गर्दै आएको नाम नखुलाउने सर्तमा छपकैयाका एक जना स्थानियले जानकारी दिएका हो।
यस्तै तस्करीको लाइन अशोक वर्णवाल, ललन पटेल, मदन बंगाली, मदन केवट, मनोज गुप्ता, तबारक मिया , कुबेर जटाधारी, बवन ठाकुर लगायतका तस्करहरुले पाएका छन् ।
सिमानाकाबाट सशस्त्र प्रहरीले सेटिङमा पास गराएको कपडा र हाडवेयर लगायतका सरसमानहरु बिरगंजको विभिन्न स्थानमा जम्मा गरि थोरै माल समानको राजस्व तिरी गोदाममा ल्याएर तस्करीका सरसमान मिसावट गरि बिल बिजक भन्दा दोब्बर सरसमान हालेर नेपालको विभिन्न शहरमा पठाउने गर्छन् ।
सशस्त्र प्रहरीले सेटिङमा पास गराउने, नेपाल प्रहरी बरामद गर्ने ।
सशस्त्र प्रहरीले सेटिङमा भन्सार छली तस्करी गराएका मालसमानहरू नेपाल प्रहरीले बरामद गर्दै राजस्व अनुसन्धानमा बुझाएका घटनाले पनि सीमाबाट खुलेआम तस्करी हुने गरेको पुष्टि गर्दछ ।
जिप्रका पर्साबाट खटिएको प्रहरीले जेठ २५ गते देखी असार २ गते सम्म एक हप्तामा बिरगंजको विभिन्न स्थानबाट बा.५ ख ८६५८ , लु २ ख ५३४९ , ना ४ ख ४३०१ र ना ६ ख ७३६३ र ना.५ ख . ९६७५ नम्बरको मालसमान बोकेका ट्रक रोकि जाँच गर्ने क्रममा बिल बिजक भन्दा बढी सरसमान र शंकास्पद देखिएकोले एक हप्तामा ५ वटा ट्रकहरु नेपाल प्रहरीले नियन्त्रणमा लिई रू.३,२०,२६,३२०।- ( तिन करोड बीस लाख छबीस हजार तिन सय बीस ) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको थियो ।
पक्राउ परेको तस्करीका समान छोडेरको आरोप ।
बैशाख महिनामा शिक्षा अफिस बीओपीका जवानले समातेका कपडा इन्स्पेक्टर अगम राईले छोडेको बिरगंजमा चर्चाको बिषय बनेको थियो भने धेरै पत्रपत्रिका र अन्लाईनहरुमा प्रकाशन समेत भए पनि डिआईजी गणेश ठाडा मगरले कुनै छानबिन र कार्वाही नै नगरी जोगाएको थिए ।
सुदर्शन उर्फ गिरी नामबाट परिचित भन्सार छलीको सामान वारपार गराउने लाइन पाएका थिए भने आजकाल पनि गिरिको लाइन संचालन नै रहेकोे स्रोतले जनाएको छ ।
सशस्त्रका शिक्षा अफिस बिओपीका इन्स्पेक्टर अगम राईले तिनै गिरीसँग घुस लिने गरेको आरोप छ ।
गिरी समूहका मजदुरले उनको के कसको नाम बाट लाइन लिएको बिर्सेर अर्को नाम सुदर्शन बताएपछि सशस्त्रका जवानहरुले बरामद गरी बीओपीमा ल्याएका थिए ।
तर उक्त सामान गिरीको हो भन्ने इन्स्पेक्टर राईले थाहा पाएपछि गिरीलाई टेम्पु ल्याऊ र भित्र हालेर लुकाएर लैजाऊ भनी सल्लाह दिएको बिषय बाहिर आएको थियो । गिरीले टेम्पु ल्याएपछि इन्स्पेक्टर राईले छोडेको थिए ।


