मेरो जीवनभर यो संगठनबाहेक अन्य केही सोचिन र सोच्न पनि सक्दिन : आईजीपी सिंह

काठमाडौं । नागरिकका सुख–दुःखमा साथ रहने संस्थाको प्रमुख भएका नाताले आम नागरिकको सेरोफेरोमा रहेर काम गर्ने । प्रहरीको जिम्मेवारी भनेको मानवीय सेवा पनि हो, यो सत्य हो।

राष्ट्र सेवाका साथै मानवीय सेवा गर्ने अवसर अन्य संस्थामा बिरलै पाइन्छ । आइजिपी धिरज प्रताप सिंह प्रहरी प्रमुख भई नागरिक र राष्ट्र सेवामा जीवन समर्पण गर्न पाउँदा धेरै भाग्यमानी भएको वताए । प्रहरी संगठनमा आयको दिनदेखि नै प्रहरी संगठनको श्रीवृद्धि कसरी गर्न सकिन्छ भन्ने एक मात्र धेय राखेर काम गर्दै आएको बताएका छन् ।

उहाँ प्रहरी निरीक्षक भएदेखि नै मनमा हुटहुटी थियो कि कसरी यो संस्थालाई सबैले विश्वास गर्ने बनाउने भन्ने । राष्ट्र र नागरिक सेवा प्रदान गर्न तथा राज्यले सुम्पेको जिम्मेवारी निर्वाह गर्न किञ्चित विचलित नभई काम गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिदै आइजिपी धिरज प्रताप सिंहले प्रहरी नगरिकको सुरक्षाको लागि अहोरात्र खटिएको र प्राप्त सुविधाहरुको अधिकतम प्रयोग गरेर आगामी दिनमा पनि नेपाल प्रहरीले अझ सुन्दर सेवा दिन प्रतिवद्ध रहेको बताउनुभयो ।

सुरक्षा नै सबै भन्दा पहिलो सर्त रहेको बताउँदै आइजिपी धिरज प्रताप सिंहले भन्नुभयो, ‘जहाँ सुरक्षित समाज हुन्छ, अनि मात्र त्यहाँ विकास एवम् आर्थिक गतिविधिका क्रियाकलाप हुन्छन् । सुरक्षाको सर्त पूरा गर्नका लागि नेपाल प्रहरी सदैव दृढ एवम् दत्तचित्त भई नागरिकसँग हातेमालो गर्दै अगाडि बढेको हो ।

नेपाल प्रहरीमा विशेषगरी राजनीतिक पहुँच भएका प्रहरीहरू अगाडि जाने, राम्रो ठाउँमा सरुवा हुने प्रवृत्ति छ। यसलाई संगठनबाटै टुंगो लगाउने जिम्मेवारी पनि आइजिपी धिरज सिंहको काँधमा छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..