बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पुरानो बानेश्‍वरबाट पक्राउ


काठमाडौं । प्रहरीले बैंकिङ कसूर मुद्दाका एकजना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।उदयपुरको रौतामाई गाउँपालिका-४ घर भई हाल कागेश्वरी नगरपालिका-८ गोठाटार बस्‍ने ३२ वर्षीय दौलत विक्रम राउतलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पुरानो बानेश्वरबाट पक्राउ गरेको हो ।

उच्च अदालत पाटनले २०७८ साल चैत २५ गते राउतलाई १ लाख ४० हजार जरिवाना र १ दिन कैद सजायको फैसला सुनाएको थियो ।

पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालत, तहसिल शाखा, लगनखेलमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

काठमाडौं । राजनीतिक नेतृत्वहरू कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ । ऐन–कानुन संशोधन गरेर बलियो नीति बनाउनुपर्छ भन्नुहुन्छ, तर व्यवहारमा त्यो देखिन्न  निवर्तमान प्रहरी महानिरीक्षक..