बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पुरानो बानेश्‍वरबाट पक्राउ


काठमाडौं । प्रहरीले बैंकिङ कसूर मुद्दाका एकजना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।उदयपुरको रौतामाई गाउँपालिका-४ घर भई हाल कागेश्वरी नगरपालिका-८ गोठाटार बस्‍ने ३२ वर्षीय दौलत विक्रम राउतलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पुरानो बानेश्वरबाट पक्राउ गरेको हो ।

उच्च अदालत पाटनले २०७८ साल चैत २५ गते राउतलाई १ लाख ४० हजार जरिवाना र १ दिन कैद सजायको फैसला सुनाएको थियो ।

पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालत, तहसिल शाखा, लगनखेलमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..