विवाह गर्ने भन्दै करणी,युवतीको साथमा रहेको एक लाख रुपैयाँ र सुन समेत लिएर फरार युवक समातिए

काठमाडौं । प्रहरीले जवर्जस्तिकरणीमा फरार रहेका एक युवकलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त कालीमाटीको टोलीले काभ्रेपलान्चोक तिमाल गाउँपालिका वडा नम्बर ९ घर भएका ३० वर्षीय भोटे, जय, आशिष भन्ने बिश्‍व तामाङलाई पक्राउ गरेको हो।


गत जेठ २९ गते बेलुका २४ वर्षीय युवतीलाई विभिन्न प्रलोभनमा पारेर काठमाडौंको भोटेबहालमा रहेको एक गेस्ट हाउसमा लगी करणी गरेको उजुरी परेपछि प्रहरीले खोजी गरेको थियो। होटेलमा बोलाएर पेय पदार्थमा लठ्ठिने पदार्थ मिसाई खुवाएर करणी गरेपछि युवतीको साथमा रहेको एक लाख रुपैयाँ, दुई तोला सुन र एउटा मोबाइल समेत लुटेर लगेको भन्दै जेठ ३१ गते प्रहरीमा उजुरी दिएकी थिइन्।

तामाङ विरुद् मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१८ को देहाय २१९ को जबरजस्ती करणी गर्न नहुने र परिच्छेद-२० को देहाय २४१ को चोरी गर्न नहुने कसुरमा अदालतबाट सात दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..