मिटरव्याजीविरुद्ध निर्मम कारवाहीमा उत्रिन आईजीपी सिंहको निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले घटित अपराधहरूको अनुसन्धान गर्ने सन्दर्भमा हालसम्म टुङ्गोमा पुग्न नसकेका पुराना घटनाहरूको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखी सबै घटनाको अनुसन्धान सफल बनाउनेतर्फ अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरू सक्रिय हुनुपर्ने बताएका छन्।

प्रहरी प्रधान कार्यालयबाट भिडियो कन्फ्रेन्समार्फत् आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले सातवटै प्रदेश प्रहरी कार्यालयहरू तथा मातहत नेपाल प्रहरी प्रदेश कार्यालयहरू, प्रदेश ट्राफिक प्रहरी कार्यालयहरू, जिल्ला प्रहरी कार्यालयहरू, सशस्त्र प्रहरी गणहरू, दंगा नियन्त्रण प्रहरी गणलगायतका कार्यालय प्रमुखहरूलाई सम्बोधन गरेका थिए।

सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक सिंहले मिटरव्याजी , सीमावर्ती क्षेत्रमा हुने अपराध, तस्करीजस्ता गतिविधि नियन्त्रणका लागि प्रहरी निर्ममताका साथ लाग्नुपर्ने चर्चा गर्दै आपराधिक क्रियाकलाप एवं गतिविधिहरूमाथि विशेष निगरानी राख्न निर्देशन दिए। त्यस्ता गतिविधिमा संलग्न विभिन्न आवरणका व्यक्तिहरूसँग प्रहरी कर्मचारीहरूको साँठगाँठ भएको पाइए क्षम्य नहुने उनले चेतावनी दिए।

आईजीपी सिंहले कार्यालय प्रमुखहरूको काममा पहिचान गाँसिएको हुनाले अवसरलाई सदुपयोग गरी भ्रष्टाचारमा शून्य सहनशीलता कायम र नागरिक हितको लागि विशेष काम गर्दै सम्मान पाउने वातावरण बनाउन आग्रह गरे। साथै उनले वर्षाको समयमा हुनसक्ने बाढी पहिरो जस्ता विपद्का घटना न्यूनिकरण एवम् उद्दारका लागि तयारी हालतमा बस्ने, स्थानीय तह एवम् सरोकारवाला निकायसँग आपसी सहयोग र समन्वयका साथ विशेष सक्रियता देखाउन निर्देशन दिए।

पूर्वप्रहरी कर्मचारीहरूसँग भेटघाट र समन्वय गर्दै व्यावसाहिक रुपले काम गर्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालयस्थित वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थितिको साथै सातवटै प्रदेश प्रहरी कार्यालयहरू तथा मातहतबाट सहभागी प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..