अमेरिकालाई पत्र लेखेरै एसपीपी अस्वीकार गर्ने सरकारकाे निर्णय

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्काे बैठकले अमेरिकालाई पत्र लेखेरै एसपीपी सम्झौता अस्वीकार गर्ने निर्णय गरेको हाे

अमेरिकासँग सेनाले गरेको एसपीपी सम्झौताले सेनाको साखमात्र होइन देशको साख गिर्ने भन्दै चौतर्फी आवाज उठिरहेको छ । यस्तै, प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र सत्ता गठबन्धनमा आबद्ध दलहरुले प्रधानमन्त्री देउवालाई एसपीपी अस्वीकार गर्न भन्दै अमेरिकालाई पत्र लेख्न दबाब दिँदै आएका थिए ।

तत्कालीन सेनापति राजेन्द्र क्षत्रीले एसपीपीमा सहभागी हुन ०७२ कात्तिक १० मा अमेरिकी दूतावासलाई पठाएको पत्र सार्वजनिक भएपछि एसपीपी प्रकरणले नयाँ तरंग फैलाएको थियो । जस्ले नेपालको राजनीति र सेनाको साख गिराएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..