प्रधान सेनापति शर्माद्वारा युनिफिल फोर्स हेडक्वाटर निरीक्षण

काठमाडौँ । यही असार ४ गतेदेखि युनिफिल मिसन लेबनानको निरीक्षण भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले युनिफिल मिसन लेबनानमा तैनाथ नेपबाट हेडक्वाटरको निरीक्षण भ्रमण गरेका छन् ।

सो क्रममा प्रधान सेनापति महारथी शर्माले उक्त हेडक्वाटरमा कार्यरत नेपाली शान्ति सैनिकहरुलाई सम्बोधन गरेका छन् । शान्ति स्थापना कार्यमा उत्कृष्ट योगदान पुर्‍याएका दुई जना नेपाली शान्ति सैनिकहरु र लामो समयदेखि लेवनानमा नेपाली सेना तथा नेपाली नागरिकहरुलाई सहयोग गरेका तीन जना लेवनानी नागरिकहरु गरी जम्मा ५ जनालाई उनीहरुले पुर्‍याएको योगदानको कदर स्वरुप ‘प्रधान सेनापति प्रशंसा निशान’ प्रदान गरेका थिए ।

प्रधान सेनापति महारथी शर्मा तथा भ्रमणदलका सदस्यहरुले सोमबार नै युनिफिल फोर्स हेडक्वाटर नाक्यूराको भ्रमण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..