लागूऔषध विरुद्ध कठोर बन्दै सिराहा प्रहरी : ठुलो परिमाणमा लागूऔषधसहित तीनजना पक्राउ

आलोक यादव / लहान । ‘लागुऔषध कारोबार र कारोबारी विरुद्धको अभियान सिराहा प्रहरीले पहिलो प्राथमिकतामा राखेको छ । लागुऔषधले धेरैको परिवार बिगारेको छ । धेरैको घरमा पीडा दिएको छ ।’ सिरहाका प्रहरी प्रमुख एसपी अर्जुन प्रसाद तिमिल्सिनाले सुरक्षा खबरसँग कुरा गर्दै भने, ‘सिराहा जिल्ला पनि लागुऔषधको कारोबार हुने जिल्ला मध्ये एक हो । यो बिरुद्ध प्रहरीले स्वीप अप्रेसन सञ्चालन गर्नेछ ।’

जिल्लाको कमाण्ड सम्हालेदेखि नै लागुऔषधको कारोबार र कारोबारी विरुद्ध कठोर रुपमा प्रस्तुत भएका एसपी तिमिल्सिनाको नेतृत्वले पछिल्लो समय आफ्नो अभियानमा उच्च सफलता मात्र हासिल गरेको छैन । त्यस्ता कारोबारीलाई कारागारको बाटो समेत देखाई दिएको छ । जिल्ला प्रहरी कार्यालय सिराहाले सुरु गरेको लागुऔषध विरुद्धको स्वीप अप्रेसन सफल हुदै गएको प्रहरीको दावी छ ।

‘यो प्रहरीको नियमित काम नै हो । तर यो बिषयलाई हामीले प्राथमिकतामा राखेर काम गरेका हौ ।’ एसपी तिमिल्सिनाको भनाई छ, ‘स – साना गिरोहदेखि लिएर ठूला गिरोहको सञ्जाल भत्काउने, कारोबार रोक्ने र समाजलाई सुसस्कृत बनाउन हामीले केही कोसिस गरेका छौ ।’

स्विप अप्रेसनको क्रममा छोटो समयमै भारी परिणाममा लागुऔषधका कारोवारी र लागुऔषध बरामद भएको छ । बरामद लागुऔषधको परिणाम अहिलेसम्म कै उच्च हो ।

त्यसैक्रम्मा सिराहा प्रहरीले ठुलो परिमाणमा लागूऔषधसहित दुई भारतीय र एकजना नेपालीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाले दुई हजार थान भन्दा बढि विभिन्न लागूऔषधसहित उनीहरुलाई आईतबार राती पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार आईतबार राती ११ बजे इलाका प्रहरी कार्यालय लहान सिरहाबाट डीएसपी कुमारप्रसाद मैनालीको नेतृत्वमा खटिएको प्रहरी टोलीले विशेष सुचनाको आधारमा लहान नगरपालिका–८ स्थितमा मोहम्मद । अफजतले संचालन गरेको आल्मुनियम पसल तथा दयाराम ठाकुरको घरमा खानतलासी गर्दा ठुलो परिमाणमा लागूऔषध बरामद भएको हो ।

प्रहरीका अनुसार पक्राउ परेका भारत मधुवनी जिल्ला, पंचायत राजनगर थाना फेरण श्रीपट्टी  ७ घर भई हाल लहान नगरपालिका–५  बस्ने मोहमद अखतरले आल्मुनियम पसललाई लागूऔषध कारोबारको अड्डा बनाएका थिए । यस्तै उनलाई भारत मधुवनी जिल्ला, ग्राम पंचायत खरियोग थाना पिप्राही धर्मेन्द्र कुमार ठाकुर र स्थानीय गौतम ठाकुरले साथ दिइरहेका थिए ।

प्रहरीले उनीहरु तीनैजनालाई नियन्त्रणमा लिएको छ । घटनास्थलबाट फेनरागन ६४५ एम्पुल, डाईजिल्याव ६४५ एम्पुल, व्युप्रिनोर्फिन ६४५ एम्पुल, नाईट्राभेट ४८० ट्याब्लेट, डाईलेक्स डिसी ४३९ बोतल, स्पामोप्रोक्सिभिन ४३२ ट्याब्लेट बरामद भएको छ ।

प्रहरीले घटनामा प्रयोग भएको ज. १ प ४७५८ नम्बरको मोटरसाईकल, नेपाली रुपैयाँ ४३,५००  र तीनथान मोबाइल समेत बरामद गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकका ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामा पुस ३ गते पक्राउ परे । जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१..