नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा गर्न थाल्यो अन्तर्राष्ट्रिय सम्बन्ध र राष्ट्रिय सुरक्षामा पर्ने असरको विश्लेषण

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीले पछिल्लो परिवर्तित भूराजनीतिक परिदृश्य तथा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र राष्ट्रिय सुरक्षामा पर्ने असरका सम्बन्धमा विश्लेषण गर्न थालेको छ । यस सम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा शुक्रबार सम्पन्न भएको छ । 

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल एवं दुवै सुरक्षा निकायका वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थितिमा सुरक्षा सम्बन्धी अवधारणागत एवं नीतिगत स्पष्टता, व्यावसायिक ज्ञान अभिबृद्धि तथा संस्थागत सहकार्य प्रवर्धन गर्ने गराउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो । 

अन्तरक्रिया कार्यक्रममा अतिथि वक्ताको रुपमा उपस्थित सुरक्षाविद् गेजा शर्मा वाग्लेले उपस्थित वरिष्ठ प्रहरी अधिकृतहरूले राखेका जिज्ञासाहरू निरूपण गर्दै नेपाल सरकारले राष्ट्रको सुरक्षाको लागि तयार गर्ने नीतिहरूलाई अन्तर्राष्ट्रिय अभ्यासहरूको अनुशरण गर्दै जानुपर्नेमा जोड दिए  । साथै राष्ट्रको सुरक्षाको लागि तायर गर्ने नीतिहरूमा सबै सुरक्षा निकायको अत्यन्तै महत्वपूर्ण भूमिका हुने विचार उहाँले व्यक्त गर्नुभयो । 

सुरक्षाविद् वाग्लेले भूराजनीतिको अवधारणा र परिभाषा, नेपालको सन्दर्भमा भूराजनीतिको बहस, एसिया र दक्षिण एसियाको भूराजनीतिक तस्बिर, अर्थतन्त्रको प्रक्षेपण, अर्थतन्त्रको दृष्टिले एसिया (तथ्य र तथ्याङ्क),  नेपालको भूराजनीतिक दृष्टिले संवेदनशील पक्षहरू, नेपालमा पर्ने भूराजनीतिक असर, निष्कर्ष तथा सुझाव सम्बन्धी प्रस्तुतीकरण समेत भएको थियो । 

उक्त अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक मुकुन्द राज आचार्यले सुरक्षाविद् गेजा शर्मा वाग्लेलाई मायाको चिनो प्रदान गरे । 

सोही अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक आचार्यले धन्यवाद ज्ञापन व्यक्त गर्दै अन्तरक्रिया कार्यक्रमले राष्ट्रको सुरक्षाको लागि तयार गर्ने नीतिहरूमा फलदायी भूमिका निर्वाह गर्ने विचार व्यक्त गरे। 

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरू, सशस्त्र प्रहरी नायव महानिरीक्षकहरू, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ प्रहरी अधिकृतहरूको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..