अपराध अनुसन्धानलाई उच्च प्राथमिकतामा राखी कार्यसम्पादन गर्न थप सक्रिय हुनुपर्ने : आईजीपी सिंह

काठमाडौं । प्रहरी महानिरीक्षक ( आईजीपी ) धिरज प्रताप सिंहले घटित अपराधहरूको अनुसन्धान गर्ने सन्दर्भमा हालसम्म टुंगोमा पुग्न नसकेका पुराना घटनाहरूको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखी अनुसन्धान सफल बनाउनेतर्फ सक्रिय हुन निर्देशन दिएका छन् । 

नेपाल प्रहरी प्रधान कार्यालयबाट भिडियो कन्फ्रेन्समार्फत आइतबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले सातवटै प्रदेश प्रहरी कार्यालयहरू तथा मातहत नेपाल प्रहरी प्रदेश कार्यालयहरू, प्रदेश ट्राफिक प्रहरी कार्यालयहरू, जिल्ला प्रहरी कार्यालयहरू, सशस्त्र प्रहरी गणहरू, दंगा नियन्त्रण प्रहरी गण लगायतका कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका हुन् ।

प्रहरी महानिरीक्षक सिंहले सीमावर्ती क्षेत्रमा हुने अपराध, तस्करी, मिटरब्याजी जस्ता गतिविधि नियन्त्रणका लागि प्रहरी निर्ममताका साथ लाग्नुपर्ने चर्चा गर्नुहुँदै आपराधिक क्रियाकलाप एवं गतिविधिहरूमाथि विषेष निगरानी राख्न निर्देशन दिए । त्यस्ता गतिविधिमा संलग्न विभिन्न आवरणका व्यक्तिहरूसँग प्रहरी कर्मचारीहरूको साँठगाँठ भएको पाइए क्षम्य नहुने उनले बताए । 

प्रहरी महानिरीक्षक सिंहले कार्यालय प्रमुखहरूको काममा आफ्नो पहिचान गासिएको हुनाले अवसरलाई सदुपयोग गरी भ्रष्टाचारमा शून्य सहनशीलता कायम र नागरिक हितको लागि विशेष काम गर्दै सम्मान पाउने वातावरण बनाउन आग्रह गरे । 

साथै उनले वर्षाको समयमा हुन सक्ने बाढी पहिरो जस्ता विपद्का घटना न्यूनीकरण एवम् उद्धारका लागि तयारी हालतमा बस्ने, स्थानीय तह एवम् सरोकारवाला निकायसँग आपसी सहयोग र समन्वयका साथ विशेष सक्रियता देखाउन निर्देशन दिए । 

पूर्व प्रहरी कर्मचारीहरूसँग भेटघाट र समन्वय गर्दै व्यावसायिक रुपले काम गर्नुपर्नेमा उनले जोड दिए । कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालयस्थित वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थितिको साथै सातवटै प्रदेश प्रहरी कार्यालयहरू तथा मातहतबाट सहभागी प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकका ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामा पुस ३ गते पक्राउ परे । जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१..