काठमाडौँबाट हराएका बालक भारतको पटनामा भेटिए

काठमाडौं । चार दिन अघि काठमाडौँबाट हराएका बालक भारतको पटनामा भेटिएका छन् । काठमाडौँ महानगरपालिका–३१ नगेन्द्रकान्छा चोकस्थित डेराबाट असार १ गते हराएका बालक भारतको पटनामा भेटिएका हुन् ।

डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ का १४ वर्षीय नवीन रुवालीलाई पटनाको रेल्वे स्टेशनबाट उद्धार गरिएको प्रहरीले जनाएको छ।

बिहान साढे ६ बजे क्रिकेट खेल्न भनी निस्किएका भाइ नफर्केपछि दाइ भरत रुवाली सार्कीले भोलिपल्ट प्रहरी वृत्त नयाँबानेश्वरमा निवेदन दिएका थिए।

प्रहरीले खोजतलास गर्ने क्रममा बालक भारतको पटना पुगेको जानकारी भएपछि भारतीय प्रहरीको समन्वय र सहयोगमा खोजी गरिएको थियो । उनको उद्धार गरी दाजु भरत रुवाली सार्कीलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..