काठमाडौँबाट हराएका बालक भारतको पटनामा भेटिए

काठमाडौं । चार दिन अघि काठमाडौँबाट हराएका बालक भारतको पटनामा भेटिएका छन् । काठमाडौँ महानगरपालिका–३१ नगेन्द्रकान्छा चोकस्थित डेराबाट असार १ गते हराएका बालक भारतको पटनामा भेटिएका हुन् ।

डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ का १४ वर्षीय नवीन रुवालीलाई पटनाको रेल्वे स्टेशनबाट उद्धार गरिएको प्रहरीले जनाएको छ।

बिहान साढे ६ बजे क्रिकेट खेल्न भनी निस्किएका भाइ नफर्केपछि दाइ भरत रुवाली सार्कीले भोलिपल्ट प्रहरी वृत्त नयाँबानेश्वरमा निवेदन दिएका थिए।

प्रहरीले खोजतलास गर्ने क्रममा बालक भारतको पटना पुगेको जानकारी भएपछि भारतीय प्रहरीको समन्वय र सहयोगमा खोजी गरिएको थियो । उनको उद्धार गरी दाजु भरत रुवाली सार्कीलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..