सोनमती गाढाको विद्यालयलाई नमुना बनाउँने मेयर चौधरीको प्रतिबद्धता


दिनेश्वर गुप्ता / लहान । श्री जनता मावि सोनमती गाढाले आज लहान नगरपालिकाका मेयर उपमेयरलगायत जनप्रतिनिधिहरुलाई जेठ ३१ गते स्वागत तथा सम्मान गरेका छन् । सो कार्यक्रममा मेयर महेश चौधरीले यो विद्यालयलाई नमुनाको रुपमा अग्रसर गर्न जोड दिनु भएको छ ।


मेयर चौधरीले विद्यालयको चदरा यथाशिघ्र फेर्न भन्दै विद्यालयको कम्पाउन्डवाल हाल्न नगरपालिकाले बजेट विनियोजन गरिसकेको सो कार्यक्रममा सार्वजनिक गर्नुभयो । विद्यालयको शौचालय र खानेपानीको व्यवस्थापन गर्न जोड दिँदै पठनपाठनलाई स्तरीय बनाउँन व्यवस्थापनक समिति र शिक्षकहरुको दायित्व हो । यसको लागि भौतिक कार्य गर्न लहान नगरपालिकाले सधैं सहयोग गर्ने मेयर चौधरीले बताएका छन् ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मो.रिजवान राइनका सभाध्यक्षतामा भएको कार्यक्रममा उपमेयर रामचरित्र महतोले शिक्षा विना विकास निर्माण कार्य अधुरो नै हुने गरेकोले गुणस्तरीय शिक्षा आजको आवश्यकता रहेको बताएका छन् ।


लहान १९ का वडाध्यक्ष कमरुदीन राइन र लहान २३ का वडाध्यक्ष बद्रीनारायण यादवलगायत दुवै वडाका जनप्रतिनिधिलाई स्वागत तथा सम्मान गरेको छ भने दुवै वडाका पूर्वध्यक्ष द्धय कन्हैया गुप्ता र हकिमलगायतको सहभागी रहेको प्रअ अरविन्द दासले बताएका छन् ।

विद्यालयलाई लहान नगरपालिकाले तत्काल साढे ६ लाख दिने मेयर चौधरीले प्रतिबद्धता गरेका छन् । विद्यालयको शौचालय र खानेपानी व्यवस्थापन गर्नुपर्ने अवस्था छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..