सुप विश्वविद्यालयका विद्यार्थी दीक्षित हुँदै, प्रधानमन्त्री देउवा आउने

काठमाडौं । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका तीन सयभन्दा बढी विद्यार्थी दीक्षित हुँदैछन् । आगामी शुक्रबार सुदूरपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा करिब तीन सयभन्दा बढी विद्यार्थी दीक्षित हुन लागेका सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले जनाएको छ ।

दीक्षान्त समारोहमा प्रधानमन्त्री एवम् सुदूरपश्चिमाञ्चल विश्व विद्यालयका कुलपति शेरबहादुर देउवा, शिक्षामन्त्री लगायतको सहभागिता रहने छ । समारोहमा कुमाउ विश्वविद्यालयका कुलपति प्रो।एसके जोशी पनि आउने बताइएको छ ।

त्यसैगरी सो समारोहमा ‘ग्रेस लिस्ट’मा रहेका एक हजार ५५८ विद्यार्थी दीक्षित हुनेछन् । विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टले दोस्रो दीक्षान्त समारोह विश्वविद्यालयको केन्द्रीय कार्यालयमा हुने बताए । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..