गण्डकी प्रदेश सरकारको बजेट ३५ अर्ब ९० करोड ९० लाख (पूर्णपाठसहित)

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी वर्ष २०७९/८० का लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको छ । बुधबार प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले प्रदेशसभाको बैठकमा उक्त बजेट प्रस्तुत गरेका हुन् ।

पुँजीगत खर्चतर्फ २२ अर्ब १४ करोड रुपैयाँ विनियोजन गरिएको छ भने चालुतर्फ खर्च हुनेछ । बजेटको २ अर्ब रुपैयाँ स्थानीय तहमा वित्तीय हस्तान्तरण हुनेछ भने ८८ करोड २५ लाख रुपैयाँ प्रदेशलाई व्ययभार पर्ने अनुमान गरिएको छ ।

यस्तै, वित्तीय समानीकरण अनुदानमार्फत ७ अर्ब ९२ करोड, राजश्व बाँडफाँडबाट प्राप्त ९ अर्ब २३ करोड, ससर्त अनुदानतर्फ ६ अर्ब ९१ करोड ८३ लाख, समपुरक अनुदानतर्फ ८३ करोड, विशेष अनुदानतर्फ ८६ करोड रुपैयाँ प्राप्त गरिने अनुमान गरिएको छ । आन्तरिक राजश्वबाट ५ अर्ब ९ करोड र रोयल्टी बाँडफाँडबाट ३२ करोड प्राप्त गर्ने अनुमान लिइएको छ ।

https://drive.google.com/file/d/1_8fSLQEZ-FKhpR2qfwP0hISAOAZXFuU8/view

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..