सुदूरपश्चिम प्रदेशको बजेट ३६ अर्ब ७४ करोड ६४ लाख



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आव २०७९÷८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको बजेट सार्वजनिक गरेको छ ।


बुधबार प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर रावलले बजेट प्रस्तुत गर्दै कूल बजेटमध्ये चालु तर्फ १२ अर्ब २९ करोड ५९ लाख ८४ हजार अर्थात ३३.४६ प्रतिशत, पूँजिगत तर्फ २४ अर्ब १४ करोड ४७ लाख ६१ हजार अर्थात ६५.७४ प्रतिशत,अन्त सरकारी वित्तीय हस्तान्तरण अन्तरगत १ अर्व ३६ करोड ४० लाख अर्थात ३.७१ प्रतिशत र वित्तीय व्यवस्थापन तर्फ ३० करोड अर्थात ०.८२ प्रतिशत विनियोजन गरिएको बताए ।


प्रस्तुत बजेटमा कृषि,पूर्वाधार निर्माण,शिक्षा,पर्यटन,स्वास्थ्यलाई प्राथमिकतामा राखिएको छ । कृषि,पशुपंछी,भूमि व्यवस्था तथा सहकारीको क्षेत्रमा ३ अर्व १० करोड ३६ लाख,सडक पूर्वाधार निर्माण तर्फ ५ अर्व ६० करोड ११ लाख,उर्जा सिंचाई र नदी नियन्त्रण तर्फ ४ अर्व ४८ करोड रकम विनियोजन गरिएको मन्त्री रावलले प्रस्तुत गरेको बजेटमा उल्लेख छ ।


त्यसैगरी प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रम अन्तरगत १ अर्व २३ करोड ७३ लाख,स्वास्थ्य तर्फ १ अर्व ६ करोड २६ लाख रकम विनियोजन गरिएको छ ।

उद्योग,पर्यटन,बन,वातावरण र आपुर्ति क्षेत्रको कार्यक्रम कार्यान्वयनका गर्न २ अर्व ६१ करोड १३ लाख, युवा तथा खेलकुद तर्फ १६ करोड २० लाख,आवास शहरी विका तथा भवन निर्माण अन्तरगत ५३ करोड ७० लाख विनियोजन गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..