पश्चिम रुकुममा ग्लोबल आइएमई बैंकको स्वास्थ्य शिविर

काठमाडौं। ग्लोबल आइएमई बैंक स्वस्थ नारी पहल अभियानअन्तर्गत बैंकले पश्चिम रुकुमको मुसीकोट नगरपालिका वडा नं. ७ स्थित साँख स्वास्थ्य चौकीमा निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गरेको छ।


स्वास्थ्य शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोग सम्बन्धी विभिन्न सेवाहरु निःशुल्क रुपमा उपलब्ध गराएको बैंकले जनाएको छ। शिविरमा १५० जना भन्दा बढी महिलाहरु शिविरबाट प्रत्यक्षरुपमा लाभान्वित भएको बताइएको छ।


बैंकद्वारा आयोजित उक्त शिविर नेपाल परिवार नियोजन संघ दाङको प्राविधिक सहयोग र मुसीकोट नगरपालिका संघको साझेदारीमा आयोजना गरिएको थियो।


ग्लोबल आइएमई बैंक लिमिटेडले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता किसिमका कार्यक्रमहरुको आयोजना गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..