गुण्डा नाइके समीरमानलाई भेट्न जेल पुगेका डीएसपी केसीमाथि छानबिन


काठमाडौं । गुण्डा नाइके समीरमानसिंह बस्नेतलाई भेट्न जेल पुगेको खुलेपछि प्रहरी वृत्त स्वयम्भूका प्रमुख प्रहरी नायब उपरीक्षकमिलन केसीमाथि प्रहरीले छानबिन सुरु गरेको छ ।

गुन्डा नाइके बस्नेतलाई भेट्न जेलभित्र पुगेको खुलेपछि काठमाडौं प्रहरी परिसरले डीएसपी केसीमाथि आन्तरिक छानबिन थालेको हो । निर्माण व्यवसायी संघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्या आरोपमा पुर्पक्षका लागि जेल चलान भएका बस्नेतलाई भेट्न डीएसपी केसी आइतबार सुन्धारा कारागार पुगेको स्रोतले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार डीएसपी केसी अर्का गुण्डा नाइके अमृत केसीलाई लिएर कारागार पुगेका थिए । काठमाडौं प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सुदीप गिरीले भने डीएसपी केसीले गुण्डा नाइकेलाई भेटेकोबारे आफूले जानकारी लिइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..