हरेक दिन रेकर्ड तोड्दै अमेरिकी डलरको भाउ

एजेन्सी । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उचाइमा पुगेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको विनिमय दर १२५.१६ नेपाली रुपैयाँ पुगेको छ । यो दर सोमबार १२४.२४ रुपैयाँ थियो । एक महिनादेखि १२४ रुपैयाँमाथि रहेको डलरको भाउ मंगलबार पहिलो पटक १२५ रुपैयाँमा उक्लिएको हो ।

युरोपियन युरोमा भने सामान्य गिरावट आएको छ । युरो १३० रुपैयाँ ९५ पैसा रहेको छ । अष्ट्रेलियन डलरमा पनि सामान्य गिरावट आएको छ । अष्ट्रेलियन डलर ८७ रुपैयाँ २१ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..