गुरुकुल एकेडमीमा विद्यार्थीमाथि निर्घात कुटपिट अभिभावकले दिए प्रहरीमा उजुरी

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ पिपरास्थित गुरुकुल एकेडमीमा शिक्षकबाट एक विद्यार्थी निर्घात रुपले कुटिएका छन् ।


शिक्षक राजबाबु कुमारले कक्षा ७ मा अध्ययनरत १५ वर्षीय रिजु राज सिंहमाथि निर्घात कुटपिट गरेका हुन् ।शिक्षक राजाबाबुले कक्षा कोठामा हल्ला गरेको निहुमा शुक्रबार पिडित बालक रिजुराजमाथि कुटपिट गरेको उनकी आमा रिमा देवी सिंहले बताइन । रिमा देवीका अनुसार शिक्षक राजाबाबुले स्टिलको स्केलले टाउको र पिठ्युमा र गालामा रिजुराजलाई थुप्रै पटक कुटपिट गरेका छन् । कुटाइबाट पिडित बालकको पिठ्युमा नीलडाम बसेका छन् भने टाउकोमा चोट लागेको कारण बालक गहिरो सद्मामा पुगेको छ।


कुटपिट गर्ने शिक्षकलाई विद्यालयबाट बर्खास्त गर्दै कानुनि कारवाही गर्नुपर्ने बताउँदै पीडित बालकका अभिभावक तथा आफन्त प्रहरीमा उजुरी समेत दिएका छन् ।तर, विद्यालय प्रशासनले घटना लुकाउन हर सम्भव प्रयास गरिरहेको छ ।

विद्यालयका प्रध्यानाध्यापक रामबाबु प्रसाद साहले विद्यार्थीमाथि कुटपिट नभएको बताए । यात्राडेलीसँगको टेलिफोन संवादमा साहले विद्यार्थी रिजुराज माथि कुटपिट नभएको र उनका अभिभावकले अफवाह मात्र फैलाएको प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..