प्रहरी महानिरीक्षक नियुक्तिविरुद्धको रिटमा सुनवाइ आज

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा विवाद मुद्दामा आज सुनुवाइ हुँदै छ । धिरजप्रताप सिंहलाई महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा जेठ १७ गतेदेखि अन्तिम सुनुवाई शुरु भएकोमा आजका लागि पेसी तोकिएको थियो ।

एआईजी विश्वराज पोखरेलले सरकारको निर्णयविरुद्ध रिट निवेदन दायर गरेका हुन् । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । १९ साउनमा उमेर हदका कारण एआईजी पोखरेलले अवकाश पाउँदै छन् ।

रिट निवेदक पोखरेल र प्रहरी महानिरीक्षक सिंह ११ चैत २०४९ प्रहरीमा सेवा प्रवेश गरेका हुन् । उनीहरु विभिन्न तहको बढुवामा अघिपछि हुँदै आएका थिए ।

प्रहरी नियमावली अनुसार कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व वहन गर्ने सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामथ्र्यको आधारमा सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महनिरीक्षक पदमा बढुवा गर्ने व्यवस्था छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..