जमुनाह नाकाबाट लागुऔषध सहित पाँच जना युवा पक्राउ

लमही । नेपाल भारतको सीमाक्षेत्र नेपालगञ्जको जमुनाह नाकाबाट ५ युवक लागुऔषधसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा दाङको लमही नगरपालिका ५ का २२ वर्षीय सोनु श्रेष्ठ, २० वर्षीय विशाल कुँवर, २१ वर्षका दिवस डाँगी, २० वर्षका राजीव राय केसी र अन्दाजी २० वर्षका राजनसिंह ठकुरी रहेका जमुनाहका प्रहरी कार्यलयले जनाएको छ ।

प्रहरीका अनुसार दुई जनालाई ७ ग्राम र तीन जनालाई १७ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थसहित उनीहरुलाई आइतबार साँझ छुट्टाछुट्टै नियन्त्रणमा लिएको हो। भारतबाट नेपाल आउने क्रममा उनीहरुको गतिविधि शंकास्पद देखिएपछि लागु औषध ब्यूरो र जमुनाह प्रहरी टोलीले चेकजाँच गरेको थियो।

दिवसले बोकेको कालो झोलामा लुकाएर राखेको अवस्थामा १७ ग्राम ब्राउन सुगर फेला परेको प्रहरी नायव निरीक्षक रिजालले बताए। स(साना पुरिया १८ वटा ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको उनको भनाइ छ ।७ ग्राम खैरो हिरोइन सोनुले बोकेको गुडियाभित्र लुकाएर ल्याइएको अवस्थामा चेकजाँचका क्रममा फेला परेको हो। यसबारेमा प्रहरीले थप अनुसन्धान गर्दैछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..