उपत्यका प्रहरी प्रमुख एआईजी धानुकको निर्देशन : गुण्डासँगको अवैध साँठगाँठ बन्द गर्नुस्

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र बहादुर धानुकले प्रहरीलाई गुण्डासँगको साँठगाँठ बन्द गर्न निर्देशन दिएका छन्।

उपत्यका प्रमुखको जिम्मेवारी सम्हालेपछि पहिलो पटक शुक्रबार निर्देशन सम्बोधनका क्रममा उनले प्रहरीलाई आफ्नो आचरण र व्यवहारमा सुधार गर्न निर्देशन दिएका हुन्।

उपत्यका कार्यालय तथा मातहतका कार्यालय प्रमुखहरूलाई एआईजी धानुकले भने, ‘भ्रष्टचारमा सुन्य सहनशिलता अपनाउनुस्। गुण्डागर्दीसँगको अवैध साँठगाँठलाई पुर्णरुपले बन्द गर्नुस्। आफ्नो आचरण, व्यवहारलाई सुधार गरी प्रहरी बर्दिको मर्यादालाई समेत ख्याल राख्नुहोला।’

उपत्यकाको शान्तिसुरक्षा कायम गर्न व्यावसायिक ढंगबाट अगाडि बढ्न र उच्च मनोबलका साथ काम गर्न धानुकले निर्देशन दिए।

उपत्यका प्रहरीको कार्यशैलीले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा नेपाल सरकारकै शासकिय तथा शान्ति सुरक्षाको अवस्थाको बारेमा झ–झल्को दिने हुनाले उपत्यकाको प्रहरीले अझै उत्कृष्ठ ढंगले कार्यसम्पादन गर्नु पर्ने बताए।

उपत्यकामा जुनसुकै बेला जस्तोसुकै घटना पनि घट्न सक्ने हुनाले सम्पुर्ण प्रहरी ईकाइहरुले आ–आफ्नो आपतकालिन प्रहरी परिचालन योजना बनाई कार्यान्वय गर्न, फरार अपराधिहरुको तथ्याङ अद्यावधिक गरी योजना बद्द ढंगले कार्यान्वयन गर्दै यौनजन्य हिंसालाई सून्य सहनसिलतामा कारबाहीलाई अगाडि बढाउन निर्देशन दिए।

उपत्यकाको ट्राफिक ब्यवस्थापनलाई योजना बनाई कार्यन्वयन गर्न र आफ्ना कमी कमजोरीलाई सुधार गर्दै बोली वचन–व्यवहारमा शिष्टता र नम्रता अपनाउन निर्देशन दिए।

कार्यक्रममा उपत्यका प्रहरी कार्यालय र मातहतका काठमाडौं, ललितपुर, भक्तपुर पयरिसर, ट्राफिक प्रहरी कार्यालय र अपराध महाशाखाका प्रमुख सहित वृत्त र गणका प्रमुखहरु सहभागी थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..