पदोन्नति भएका उपरथीत्रयलाई दज्र्यानी चिह्न प्रदान

काठमाडौं । नेपाली सेनाको सहायक रथीबाट उपरथीमा पदोन्नति हुनुभएका दीपककुमार बानिया, होमनाथ दवाडी र यामप्रसाद ढकाललाई आज दज्र्यानी चिह्न प्रदान गरिएको छ ।

मन्त्रिपरिषद्को यही जेठ २३ गतेको निर्णयानुसार बढुवा भएका उनीहरुलाई सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित एक समारोहबीच प्रधानसेनापति प्रभुराम शर्माले दज्र्यानी चिह्न प्रदान गरेका हुन् ।

पदोन्नति भएसँगै बानिया नेपाली सैनिक वार कलेजको शिक्षाध्यक्ष, दवाडी निरीक्षणाधिकृत विभागका विभागीय प्रमुख र ढकाल श्रीयुद्ध–मद्दती तथा युद्ध–सेवा मद्दती विभागका विभागीय प्रमुखमा नियुक्ति भएका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

मन्त्रिपरिषद्को सोही निर्णयबमोजिम महासेनानीबाट सहायक रथीमा पदोन्नति भएका दुई सैनिक अधिकृतलाई समेत सोही क्रममा दज्र्यानी चिह्न प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..