नक्कली परीक्षार्थी पक्राउ


धनुषा । जनकपुर उपमहानगरपालिका-४ स्थित मिथिला इन्स्टिच्यूट अफ टेक्नोलोजीमा सञ्चालन भइरहेको कक्षा १२ को अर्थशास्त्र विषयको परीक्षामा एकजना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।


धनुषाको मिथिला नगरपालिका-३ बस्ने १९ वर्षीय कुलदीप महतो सोमबार बिहान पक्राउ परेका छन् ।धनुषाको मिथिला नगरपालिका-३ बस्‍ने नन्द किशोर महतोको ठाउँमा कुलदीपले परीक्षा दिइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट सक्कली प्रवेश पत्र र अर्थशास्त्र विषयको उत्तर पुस्तिकाको प्रतिलिपि बरामद गरेको छ ।पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..