मुख्यमन्त्री पाण्डे र काठमाडौ महानगरका मेयर बालेनबीच भेटवार्ता

काठमाण्डौ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र काठमाडौ महानगरपालिकाको मेयर बालेन साहबीच भेटवार्ता भएको छ ।

मुख्यमन्त्री पाण्डेलाई भेट्न मेयर साह आईतबार बिहानै पाण्डे निवास स्वयम्भू पुगेका थिए । भेटमा मुख्यमन्त्री पाण्डेले राजधानीको फोहोर व्यवस्थापन गर्न चुनौती रहेको बताएका थिए । भेटमा मेयर साहले फोहोर व्यवस्थापनको लागी सहयोग गर्न मुख्यमन्त्री पाण्डेसंग आग्रह गरेका थिए । जवाफमा मुख्यमन्त्री पाण्डेले दीर्घकालीन व्यवस्थापन र अल्पकालीन व्यवस्थापनको बिषयमा जानकारी दिएका थिए ।

बालेनले आफू अझैपनी जनताको माग पुरा गर्ने पक्षमा रहेको र त्यसको लागी आफुलाई ३ महिना समय लाग्ने बताएका थिए । मुख्यमन्त्री पाण्डेले भेटमा काठमाडौ महानगरले गर्ने हरेक सकारात्मक कार्यमा आफू सदैव सहयोग गर्न तयार रहेको बताएको पाण्डेको सचिवालयले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..