प्रहरी महानिरीक्षक सिंहद्वारा अनुगमन मूल्याङ्कन टोलीलाई निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले स्थानीय तह निर्वाचनका लागि प्रहरी कार्यालयमा विनियोजित बजेट नियमानुसार संचालन भए/नभएको अनुगमन मूल्याङ्कनका लागि खटिई जान लागेका ८ वटा अनुगमन टोलीलाई सुक्ष्म अध्ययन गरी पारदर्शी प्रतिवेदन पेश गर्न निर्देशन दिएका छन् । 


आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा महानिरीक्षक सिंहले यस्तो निर्देशन दिएका हुन् । सिंहले आर्थिक प्रशासन ऐन, नियम बमोजिम रितपूर्वक खर्चको लेखा दुरूस्त राखे नराखेको लगायतका विविध आर्थिक बिषयमा अनुगमन गर्नुपर्नेमा बताए । 


स्थानीय तह निर्वाचन, २०७९ मा बजेट संचालन गर्ने नेपाल प्रहरीका विभिन्न कार्यालयहरूलाई विनियोजित रकम तोकिएको मापदण्ड, प्रचलित आर्थिक प्रशासनसँग सम्बन्धित ऐन/नियम तथा नेपाल प्रहरी प्रधान कार्यालयबाट समय समयमा जारी निर्देशिका र परिपत्र बमोजिम मितव्ययी, प्रभावकारी एवम् पारदर्शी ढंगबाट सम्पादन भएको नभएको, म्यादी प्रहरी नियुक्ति तथा सुविधा सम्बन्धी, निर्वाचन शान्ति सुरक्षा कायम गर्न परिचालन अवस्थाको स्थलगत अनुगमन, पृष्ठपोषण तथा सिफारिस प्रयोजनका लागि अनुगमन टोली परिचालन गरिएको हो ।


नेपाल प्रहरी प्रधान कार्यालय तथा काठमाडौं उपत्यका प्रहरी कार्यालय, सात वटै प्रदेश प्रहरी कार्यालयहरू तथा सो मातहतका सबै जिल्ला प्रहरी कार्यालयहरूमा खटिई जान लागेका प्रहरी अधिकृत सहितका ८ वटै टोलीले जेठ २३ गतेदेखि असार १ गतेसम्म अनुगमन गरी प्रतिवेदन पेश गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..